Aamsanchar

वडाध्यक्षमाथि सरकारी कर्मचारी गरे हातपात

Author Image
शुक्रवार, जेठ १६, २०७७

काठमाडौँ ।  डडेल्धुरामा सरकारी कर्मचारीले जनप्रतिनिधी स्थानिय वडा सरकार प्रमुख माथि हातपात गरेका छन् । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात भएको हो ।

बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर वडाध्यक्ष भट्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको हो ।

भारतबाट आएका ७२ जना बस्ने ठाउँ नभएर बाहिर बसिरहेपछि रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालीगलौचसहित हातपात गरेको वडाअध्यक्ष भट्टको दावी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 568

प्रतिक्रिया (०)

सम्बन्धित खबर