Aamsanchar

बलत्कार आरोपमा गौरीगंजका दाहाल पक्राउ

Author Image
शुक्रवार, जेठ १६, २०७७

गौरीगंज  : गौरीगंज गाउँपपालिका वार्ड नं. ३ तेलगानी बस्ने एक व्यक्ति जबरजस्तीकरणी गरेको आरोपमा आज पक्राउ परेका छन् ।

१६ बर्षिया एक किशोरीलाइ बलात्कार गरेको आरोपमा ६० वर्षिय गोबिन्द दाहाल पक्राउ परेका हुन् । किशोरी अभिवावकले दिएको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय गौरीगंजले दाहाललाई पक्राउ गरिएको प्रहरी निरिक्षक गणेश भट्टराईले बताए ।

गत मंसिर महिनाको १४ गते पिडितका बुबाआमा उपचारका लागि भारत गएको र भाईहरू विद्यालय गएको मौका छोपी मंसिर १५ गते दाहालले जबरजस्ती करणी गरेको जाहेरीमा आरोप लगाईएको छ ।
पिडित किशोरीलाई बलात्कार पश्चात गर्भ बसेपछि घटनाको विषयमा होहल्ला गरे दाहालले ज्यान मार्ने धम्की दिएको कारण डरले किशोरीको गर्भ तुहाईएको र घटना लुकाईराखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिईएको छ ।

पक्राउ परेका दाहाललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराइले बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर