Aamsanchar

कोरोनाबाट बाच्न खोज्दा, दुर्घटनापरी ११ जनाको मृत्यु

Author Image
सोमवार, जेठ १९, २०७७

बाँके । बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्ती सोनारी–२ मा दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिएका छन । घटनाको पूरा विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर