Aamsanchar

आजको मौसम पूर्वानुमान

Author Image
सोमवार, जेठ १९, २०७७

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म लगातार हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखका अनुसार आज काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइराखेको यो वर्ष प्री मनसुन अघिल्ला वर्षहरुको तुलानामा अधिक रहेको जनाइएको छ । यो बर्ष बैशाख महिनामा मात्रै अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढि पानी परेको छ ।

आज रातिसम्म देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू(भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर