Aamsanchar

तिब्बतबाट प्रदेश १ लाई पौने ८ करोडको स्वास्थ्य सामग्री प्राप्त

Author Image
सोमवार, जेठ १९, २०७७

मोरङ । कोरोना संक्रमणको लडाईमा सफलता हासिल गरेको देश चीन स्वशासित तिब्बत सरकारले नेपालको १ नम्बर प्रदेशलाई करिब पौने आठकरोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीसँग जुध्न तिब्बतले प्रदेश सरकारलाई सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ । चीनले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स–रे पोर्टेबल मेसिन १ थान रहेको छ ।

यसैगरी आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार, पीपीई पाँच हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आईआर थर्माेमिटर दुई सय थान, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान, ह्यान्ड सेनिटाइजर पाँच सय मिलिलिटर छन् ।

उपलब्ध भएका स्वास्थ्य सामग्रीहरूले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । ‘हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकहरूको कोरोना परीक्षणमा छौं,’ राईले भने, ‘तिब्बतबाट प्राप्त सामग्रीले परीक्षणमा थप सहयोग पुग्नेछ ।

भारतबाट दैनिक रुपमा प्रदेश १ मा आउने संख्या हजारौं भईरकेको छ अझै भित्रिनेको संख्या उत्तीकै छ । हाल सम्ममा प्रदेश १ मा करिब ८ हजारको पीसीआर परीक्षण भइसकेको छ भने एक सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३० जना उपचारपछि घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर