Aamsanchar

हेटौंडाका व्यवसायीले दिए कोरोनालाई चुनौती, लकडाउन नमान्ने, २१ गतेदेखि बजार खोल्ने

Author Image
सोमवार, जेठ १९, २०७७

हेटौंडा । हेटौंडाका व्यवसायीहरुले सरकारले जारी गरेको लकडाउनलाई अब नमान्ने भएका छन् ।

लकडाउनमा सरकारले ४२ भन्दा धेरै उद्योग खोलाएर लकडाउन खुकुलो बनाएको छ, यता अन्य व्यवसायहरु चै धरासायी भएको भन्दै सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय गरेका हुन् ।

हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरुको आग्रहलाई वेवास्ता गरेको भन्दै जेठ २१ गते बुधबारबाट बजार खुलाउने तयारी गरिएको जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि कुनै प्रतिक्रिया नआएको भन्दै संघले बाध्य भएर बजार खुलाउने निर्णय गर्नु परेको बताए । प्रशासन समक्ष आग्रह गरियो तर, प्रशासनले संघीय सरकारकै अनुमती चाहिने भन्दै हामीलाई वेवास्ता गरिरह्यो त्यसैले अब बजार खुल्छ । न्यौपानेले भने ।

व्यवसायीहरुमा बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानहरुको म्याद गुज्रिने तथा क्षति हुन सक्ने सम्भावित अवस्थाले मानसिक तनावमा पर्नु परेको वरिष्ठ उपाध्यक्ष न्यौपानेको भनाइ छ । यी सबै अवस्थालाई अबका दिनमा सहन सक्ने स्थिति नआएको हुँदा सरकारले अनुमति नदिएपनि हामी बजार खुलाउने तयारीमा पुगेका हौं । उपभोक्ताहरुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाएर किनमेल गर्न आउन संघले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१
सुनको भाउ बढ्यो
बुधवार, पौष २४, २०८१