Aamsanchar

चार दिन भित्र बाँकी सबै कर चुक्ता गर्न व्यवसायीलाई सरकारको उर्दी, नतिरे कारवाही

Author Image
बुधवार, जेठ २१, २०७७

कस्कालागि कर असुली गर्दै छ सरकार ?

काठमाडौं । सधैं‌ जसो निजी क्षेत्र र सरकार बीच एक अर्कामा अविश्वासको व्यवहार हुने गरेको त देखेकै हो । निजी (व्यापारिक) क्षेत्रले सरकारलाई गरिखान नदिने शत्रुको रुपमा हेर्ने गरेको र सरकारले निजी क्षेत्रलाई चोर (कर छली) गर्ने क्षेत्रको रुपमा आशंका गर्ने गरेकै हो । केही समय अघिसम्म मौका मिल्यो कि त एकले अर्कोलाई धारे हात लगाई हाल्ने परिस्थिति थियो । तर अहिले त्यस्तो परिस्थिति छैन । कोरोना कहरले देशनै विषम परिस्थितिमा गुज्रिरहेको बेला यतिखेर निजी सरकारी सबै पक्ष एकठाउँमा उभिनु पर्ने आवश्यकता छ । अप्ठेरो, गारोसारो परेका बेला निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने अवस्था छ । तर मंगलबारको एक घटनाले एकाएक वातावरण असहज बनाइदिएको छ ।

व्यवसायीहरुको नाममा मगंलबार सरकारको जारी गरेको एक सूचनाले एकाएक निजी क्षेत्रमा तरंग ल्याइदिएको छ । लकडाउन (बन्दाबन्दी) रहेकै अवस्थामा तीन महिनाको व्यवसायिक कर तिर्न समय सीमा नै तोकेर सरकारले भुक्तानीको ताकेता गरेपछि व्यवसायिक क्षेत्रमा तरंग र आक्रोश ल्याएको हो ।

आन्तरिक राजश्व विभागले मंगलबार एक सुचना जारी गर्दै जेठ महिनाभित्र यसअघिका सबै कर दायित्वहरु भुक्तानी गर्न ताकेता गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) का कारण देश लकडाउनमा भएको अवस्थामा दुई महिनादेखि पर सार्दै आएका करहरु तिर्न विभागले भनेको हो । रातोपाटीबाट साभार

जेठ २५ भित्र बाँकी सबै कर चुक्ता गर्न व्यवसायीलाई सरकारको उर्दी, नतिरे कारवाही

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर