Aamsanchar

नोवेल अस्पतालले पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने

Author Image
बुधवार, जेठ २१, २०७७

मोरङ । नोबेल अस्पताल विराटनगरले सुनसरी जिल्लाका पत्रकारहरुको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडियामा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउने बताएका छन् ।

‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’\

एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।

सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर यउक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए । बुधबारबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि रिनु हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर