बिर्तामोड । झापा बिर्तामोड – २ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएका व्यक्ति हुन् । उनलाई बुद्धशान्तिको क्वारेन्टाइनमा राखिएको थियो ।
बुद्धशान्ति गाउँपालिकाको टोलीलाई ढाँटेर उनले आफु बुद्धशान्ति–४ को नागरिक भएको बताएका थिए । सोहि विवरण अनुसार उनलाई बुद्धशान्ति लगिएको थियो । नाम र ठेगाना नै ढाँटेपछि उनलाई बुद्धशान्तिकै नागरिक भनिएको थियो । तर, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जनप्रतिनिधिलाई उनले आफु बिर्तामोड –२ निवासी रहेको जानकारी गराएका थिए । बुद्धशान्तिका संक्रमित भनिएका व्यक्ति बिर्तामोडका हुन् । उनलाई उपचारका लागि धरान लगिएको बिर्तामोड वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिएका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 219