Aamsanchar

बिराटनगरमा भोलीबाट ब्युटिपार्लर,सैलुन र होटल बाहेक सबै खुल्ला

Author Image
बुधवार, जेठ २१, २०७७

विराटनगर । देशका विभिन्न शहरमा व्यवसायीहरुले बजार खुल्ला गर्ने घोषणा र चेतावनी दिईरहेको बेला विराटनगर महानगरमा ब्युटिपार्लर,सैलुन र होटल बाहेकका अन्य पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगर क्षेत्रमा विहान देखि दिउसो १२ बजे सम्म पसल खोल्न पाइने छ । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलवार विराटनगर महानगरले सर्वपक्षिय छलफल गरी व्यवस्थितरुपमा बजार खुलाउने विषयमा प्रशासन संग समन्वय गर्ने निर्णय सहितको सिफारिस गरेको थियो । व्यवसायीको माग र आबश्यकता विचारेर थप छलफल गर्ने विषयमा महानगरले प्रदेश सरकार संग समेत समन्वय गरेको थियो ।

बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा ब्यापार ,व्यवसाय सन्चालन गर्ने गरी ब्यवस्था मिलाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । यसको प्रत्यक्ष अनुगमन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले गर्ने छ । यो निर्णय संगै विराटनगरमा आन्दोलित रहेका व्यवसायीहरुले खुसी ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर