Aamsanchar

निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस

Author Image
बिहिवार, जेठ २२, २०७७

हरेक मानव फूलका कोपिलारुपी वालवालिकाहरु अनि तिन्को सुरक्षा, सबंर्धन अनि अधिकार आजको विश्वले सहज प्रत्याभूत गर्नुपर्ने कुराहरु हुन् । हरेक वर्षको जून ४ गते संयूक्त राष्ट्रसँघको आब्हानमा संसारभरि निर्दोष वालवालिका माथीको अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रमहरु गर्दै मनाईन्छ । विभिन्न कारणले वालवालिकाले भोगेका शारीरीक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरुको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयूक्त राष्ट्रसँघको वालअधिकार प्रतीको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ ।

वालवालिकाका लागी कार्यरत विश्वब्यापी सँस्थाहरु, सरकारहरु, सदभावना राजदुतहरु, मिडियाहरु अनि तपाँईहामीजस्ता थुप्रै सरोकारवाला हरु मिलेर विभिन्न तवरले आजको दिन मनाईन्छ । नेपालमा वालवालिकाका अधिकार र ममतालाई आत्मसाथ गर्ने नेतृत्व छान्ने तर्फ हामी कत्तिको चनाखो छौ त ?

माईक्रो वसमा कार्यरत वालवालिकाहरुले ढोका ठटाँउदा खुरुक्क गएर सिटमा बस्न सक्ने हामीहरुले त्यही सिटमा बसेर उनिहरुको भविष्य अनि समानताकालागी सोच्न सकेका छौ त ? वालअधिकार राजनैतिक विषय होईन, नितान्त सामाजिक पृष्ठभुमीमा सामाजिक अभियन्ताहरु मार्फत समाधान गर्न सकिने यी कुराहरुमा हामी जागरुक हुन जरुरी छ । वालअधिकार क्लबहरुको गठन अनि सक्रियताले स्थानियस्तरमा वालअधिकार अनि वालवालिकाउपरका अन्यायका विरुद्ध उनिहरुवाटै आवाज उठ्न थालेको छ, जुन अत्यन्त राम्रो प्रगतीको कुरा हो ।

वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र ? यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहोस् अपराधीहरुलाई हदैसम्मको कारवाही होस् ।

यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणकालागी से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आआफ्ना समाजवाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् । वालवालिकाको अधिकार र वालमैत्रि वातावरणकालागी हामीसबै सँगै छौ नि, हैन र ?

 

Views: 739

प्रतिक्रिया (०)

सम्बन्धित खबर