Aamsanchar

प्रहरी चौकी आक्रमण गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ

Author Image
बिहिवार, जेठ २२, २०७७

रुकुम पश्चिम – मंगलबार राति मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोस्ट आक्रमण तथा तोडफोड गर्ने वडाध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जाँडरक्सी खाएर नियोजित ढंगले प्रहरी चौकीमा आक्रमण गर्ने मुख्य योजनाकार मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दिपक केसी र त्यसै वडाका राजन केसी तथा खिलराज गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र घटनामा संलग्न अन्यको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर