Aamsanchar

झापाका सात जनाले कोरोनालाई पराजित गरे

Author Image
बिहिवार, जेठ २२, २०७७

बिर्तामोड। कोरोनामुक्त भएर बिहीबार झापाका ७ पुरुष अस्पतालबाट घर फर्किएका छन् । उनीहरु विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।

त्यस्तै, प्रदेश १ मा आजै अन्य २३ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । २७ जना कोसी र तीनजना धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

निको भएर घर फर्किनेहरु मोरङका एक महिलासहित ६ जना, सुनसरीका ४, धनकुटाका २ महिला र दुई पुरुष, खोटाङका एक पुरुष र सप्तरीका २ जना पुरुष, उदयपुरका एक महिला र दुई पुरुष तथा उदयपुरका एक पत्रकार र धनकुटाका चार स्वास्थ्यकर्मीसमेत छन् ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। संगीता मिश्रका अनुसार बताइन् प्रदेश १ मा संक्रमित भई निको हुनेको संख्या ७६ पुगेको छ । झापामा निको हुनेको संख्या २६ पुगेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर