वर्ष २०२० को दलिनमा टेकेर जुन ५ को विश्व वातावरण दिवसको संघारमा लगभग पूरा विश्व नै कोरोना त्रासको लकडाउनमा भएकोे अवस्थामा धर्तिमा मानविय पाइलाहरुमा कमी पक्कै भएको छ, छानामुनी धेरै मान्छेहरु अनि खुला आकाशमुनी कम । यसैक्रममा समाचारहरुमा भारतवाटै हिमालहरु देख्न पाइएको, आकाशको रंग स्वच्छ भएको, वायू प्रदुषणमा कमी भएको, हिमालमा हिँउ बढेको, गंगाको पानी संगलीएको खबरहरु पनि आएका छन् । लकडाउन र मानविय परिचालनमा बन्दाबन्दी कदापी राम्रो कुरा हैन तर सत्य यो पनि हो कि मानविय चहलपहलको कमीसंगै धर्र्तिमा पर्यावरणले काया फेर्दै छ । के यी कुराहरु लकडाउन नहुँदा संभव हुँदैन, मानवले अब आफ्नो क्रियाकलापमा वातावरणमैत्री तवरहरु दिर्घकालिन रुपमा आत्मसाथ गर्नुपर्ने देखिन्छ, सन् २०२० को विश्व वातावरण दिवसले यिनै कुराहरु सिकाएको छ ।
माटोवाट आएको मान्छेको अस्तित्व माटोमै विलीन हुन्छ, हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो । आजको समयमा लुगा, पैसा, कमाई या सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव छ ।
चाहे महलमा बसौँ या झुपडीमा, अमेरिकामा बसौँ या अन्टार्कटिकामा, हामीले फेर्ने श्वास, टेकेको माटो र हामीलाई सिञ्चित गर्ने जलका श्रोतहरु अनि हाम्रो शिरउपरको आकाशको टुक्राहरु उनै त हुन् । आउनुहोस् आज विश्व वातावरण दिवस अर्थात जून ५ तारिखमा हामीपनि वातावरण केन्द्रित भएर केही बात मारौं, हुन्न र रु सामान्यता वातावरण अर्थात वातको आवरण, सरलरुपमा भन्दा हामी वरिपरि भएका वायूको आवरणलाई मान्न सकिन्छ । खाने खाना, पिउने पानी, श्वास फेर्ने हावा अनि अन्य थुप्रै कुराहरु वातावरणका उपज अझ भनांै वातावरणका उपहारहरु हुन् ।
यस संसारमा सबैभन्दा मूल्यवान कुराहरु तिनै हुन् जसलाई प्राप्त गर्न हामीले कुनै पैसा तिर्न पर्दैन, जस्तै कि पानी, हावा, आकाश अनि बर्खा ।
यी सबैकुराहरु वातावरणमा निर्भर छन् । बुढाबुढीको कथामा पुराना दिनमा भएका स्वच्छ वातावरण, निर्मल बग्ने खोला, गुणस्तरीय खानेकुराहरु अनि उब्जाउका हामीले कुराहरु सुनेका छौ ।
सुस्तरी मानव विकासक्रमसँगै यी कुराहरुमा लोप हुँदैगयो, बाग्मतीको जस्तो हविगत नेपालका थुप्रै नदिनालाको भयो । धुलो अनि धुवाँमा मडारिएको शहरभित्र कोलाहल अनि कर्कश ध्वनिका बीच, कन्क्रिटका ढिक्काभित्र ल्लास्टिकका फूल अनि फूलदानी लगायत कृक्रिम अनि प्रशोधित जीवनशैलीमा भौतारिएका हामीहरु । तपाईं हामी सबैलाई आजको वातावरण दिवसले एउटा चेतावनी भने दिएकै हो । कत्ति जिम्मेवार छौँ त हामी यस वातावरण संरक्षण प्रति भन्ने रु
हरियो डाँडा र जगंलहरुमा सोत्तर बस्ती बसाएपछि त्यहाँ बस्ने जनावर र चराहरु कहाँ गए होलान् रु यसरी रुख अनि जगंल फडानी गरेर बस्ती बसाउँदै गर्दा भोलिका दिनमा हामीले सहन गर्नुपर्ने वातावरणीय चुनौती र प्राकृतिक विपत्तिको बारे कहिले सोच्ने रु
कलकारखाना अनि घरवाट निस्केका ढलहरु खोलानालाले बोक्नपर्ने कहिलेसम्म रु धूवाँ अनि धुलोका बीच हाम्रा भावीपुस्ताहरु अनि हामी आफै स्वस्थ्य रहन सकौंला त रु मननयोग्य छ ।
आउनुहोस् हामीसबै प्रकृतिसँग नजिक हुन र प्रकृतिलाई माया गर्न तयार बनौँ । धुलाम्मे शहरभित्र मास्क लगाएर सुदृढ भविष्य कोर्न अप्ठेरै छ, अस्वस्थकर र मुहान नै फोहोर भएका पानी पिएर स्वस्थ रहनु दिवास्वप्न नै त हो ।
१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभयो । त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकारगरिएको हो ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाईदैछ, मुख्य कुरा चाँही भावी सन्ततीलाई प्रकृतिप्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ । काठ हैन रुखलाई माया गर्न सिकाऔ, रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ । कागज र कम्प्यूटर हैन वास्तविक्तामै जनावर र जगंल देख्ने अवस्था रहोस । मान्छे लगायत अन्य जनावर अनि उनिहरुसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् ।