

कनकाई । अन्तराष्ट्रिय झापाली समाज समाजले आफ्नो गृहजिल्लाका पालिकाहरुलाई निशुल्क भीटीएम किट वितरण गराउर्नेकार्य सुरु गरेको छ ।

झापाको कनकाई नगरपालिकालाई एकसय थान भीटीएम किट उपलब्ध गराएर उक्त अभियान सुरु गरेको हो । शुक्रबार कनकाई नगरपालिकोको कार्यालयमा पुगी समाजका पदाधिकारीहरु र झापामा जारी एकका लागि एक अभियनका अभियन्ताहरुले नगरप्रमुख राजेन्द्र पोखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

समाजले जिल्लाका १५ वटै पालिकालाई एक एक सयका दरले पहिलो चरणमा किट उपलब्ध गराउने बताईएको छ ।


Views: 265

