Aamsanchar

होटल क्वारेन्टाइन, प्रति बेड खर्च कति ?

Author Image
शुक्रवार, जेठ २३, २०७७

काठमाडौं।  नेपाल सरकारले बनाएका सामुदायिक क्वारेन्टाइन व्यवस्थापकिय पक्षमा फितलो रहेको छ । सबै वर्गका व्यक्तीहरु त्यस्ता सामुदायिक क्वारेन्टाइनमा बस्न सक्ने अवस्था छैन ।  क्वारेन्टाइन जान नचाहेको समाचार पनि आईरहेका छन । उच्च वर्गकाहरु सुविधा अभावको कारण सामुदायिक क्वारेन्टाइन नजाने घरैमै बस्ने हुँदा भाईरस फैलिने जोखिम देखिएपछी सरकारले भिआईपी क्वारेन्टाईको अबधारणा ल्याएको छ ।  त्यस्तै स होटल संचालकहरु संग रकारले गरेको प्रस्थावमा   तारे होटलका रुम पनि क्वारेन्टाइनका लागि दिन होटल व्यवसायी सहमत भएमा छन्। कोठा दिन तयार भएका व्यवसायीले यसअघि निर्धारण गरेको मूल्य पनि परिमार्जन गर्दै सस्तो बनाउने भएका छन्।

उच्चस्तरीय समितिको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सस्तो बनाउन आग्रह गरेपछि व्यवसायीले तारे होटलहरुले मूल्य घटाउने अवस्थामा पुगेका हुन्।

होटल एसोसिएन अफ नेपाल ९हान०ले यसअघि तोकिएको मूल्यमा तलमाथि भएको जनाएको छ। यसअघि पर्यटकीय होटल र तारेहोटलको रूम ३ हजारदेखि १६ हजार रूपैयाँ तय गरेका व्यवसायीले अहिले चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएको रुमका लागि प्रति बेड ५ हजार ५०० रुपैयाँ तोकेका छन्। यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रतिव्यक्ति ३ हजार ५०० निर्धारण भएको हानले जनाएको छ।

यसैगरी दुईतारे होटलमा एक्लै बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ तय भएको छ। यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ।

एकतारेका हकमा भने एक्लै बस्न चाहेनेको लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ छ। साथै पर्यटकीय स्तरका होटलहरुको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्यमाकर समेत जोडिएको हानले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, पौष २६, २०८१
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१