Aamsanchar

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता, महन्थ र उपेन्द्र अध्यक्ष

Author Image
आइतवार, जेठ २५, २०७७

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी  निर्वाचन आयोगमा दर्ता भएको छ । जसको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेको छन् । यस्तै वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेको छन् ।

Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर