Aamsanchar

प्रहरीले पसल बन्द गराउन खोज्दा न्युरोड क्षेत्रमा तनाव

Author Image
मङ्गलवार, जेठ २७, २०७७

फायल तस्वीर

काठमाडौँ । नेपाल सरकारले आधिकारिक रुपमा लकडउन खुल्ला गरेको छैन, पछिल्लो समयमा तोकिएको समय आउदो ३१ गते सम्म तोकिएको छ । तर देशका विभिन्न सहरहरुमा लकडाउन खुकुलो भएको समाचार आईरहेको छ । यसै क्रममा कोरोना संक्रमितको संख्या पनि दिन प्रतिदिन बढदै गएको छ, मृतकको संख्या पनि । त्यस्तै लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बजार बन्द गर्न खोज्दा व्यापारीहरुले प्रतिकार गर्दै न्युरोड क्षेत्र खुल्ला गर्ने भने पछि यतीवेला सो क्षेत्रमा तनाव सृजना भएको छ ।
मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।
स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् ।
तनावपछि व्यापारी र प्रहरीबीच भएको छलफलका क्रममा दुई दिनसम्म पसल बन्द गर्ने र त्यसपछि समझदारीका आधारमा अघि बढ्ने सहमति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर