Aamsanchar

तीन बालिकालाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ

Author Image
मङ्गलवार, जेठ २७, २०७७

कैलाली । तीन जना बालिकालाई बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–१ मा पर्ने रानी कुलो किनारमा वर्ष १४ का तीन बालिकालाई बलात्कार गर्ने चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने वर्ष १८ का सन्दीप ठकुल्ला, वर्ष २१ का दीपक बुढा, वर्ष १९ का डम्बर ठकुल्ला र वर्ष २० का दीपक ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुले बालिकालाई डर देखाइ जबरजस्ती करणी गरी फरार भएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनीहरुको कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ । रातोपाटीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर