Aamsanchar

अन्य प्रदेश भन्दा कोरोना रोकथाममा उत्कृष्ट छौं : मुख्यमन्त्री राई

Author Image
बुधवार, जेठ २८, २०७७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम र नियन्त्रणको काममा अरु प्रदेशले भन्दा प्रभावकारी काम गरेको दावी गरेका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले कोरोना महामारीका विरुद्ध प्रदेश सरकारले अलमल नगरी योजनाबद्ध रुपमा काम गरिरहेको बताए ।

कोरोना संक्रमितको उचारको लागि कोभिड अस्पताल बनाएको, परीक्षणको दायरा विस्तार गरी १३ हजार बढीको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नु प्रदेश १ को उपलब्धी रहेको उनले बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले ५० हजार जनाको पीसीआर परीक्षण गर्ने पनि जानकारी गराए ।

कोरोनाको महामारी र लकडाउन एउटै अवस्थामा नरहने बताउँदै उनले भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर सबै काम सञ्चालन गर्ने बताए ।
स्थायी संरचना पनि बनाइन्छ

मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानीका लागि नयाँ संरचना आगामी वर्षबाट निर्माण सुरु हुने बताएका छन् । प्रदेशको नामका विषयमा भने राजनीतिक दलहरूसँगको सहकार्य र छलफलबाट टुंगोमा पुगिने उनले बताए ।

नामांकनको विषय प्रदेशसभाको क्षेत्राधिकारभित्र रहेको बताउँदै उनले सबै दलको सहमतिमा प्रदेश सभाले पारित गर्ने बताए ।

 

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर