Aamsanchar

आजबाट सबै पसलहरु खुल्ला, निजी जोर–विजोर, सार्वजनिक यातायात तत्काल नखोल्ने

Author Image
बिहिवार, जेठ २९, २०७७

काठमाडौं ।  सरकारले आजबाट पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, पौष २६, २०८१
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१