Aamsanchar

जन्मदिनको अवसरमा देशको लागि फाउन्डेसन संचालन गर्ने उप्रेतीको घोषणा

Author Image
बिहिवार, जेठ २९, २०७७

विपत व्यवस्थापनमा सहयोग पुर्‍याउन हरेक जिल्लामा ३०-३० जना प्रशिक्षक भोलिन्टियर तयार पार्ने उप्रेतीको योजना

फायल फोटो । ओम उप्रेतीले प्रशिक्षण दिदै ।

देशका सबै जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम अभियान संचालन गरिरहेका चितवन स्थायी घर भएका युएईका व्यावसायी ओम उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा नयाँ काम गर्ने घोषणा गरेका छन् । देशका सबै जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम अन्तर्गत हालसम्म ४६ वटा जिल्लामा पुगेको र कोरोना भाइरसको कारण अबरुद्ध अभियानलाई निरन्तरता दिदै एक फाउन्डेसन गठन गर्ने र सोही फाउन्डेसनले हरेक जिल्लामा ३०–३० जना विपत व्यवस्थापनमा सहयोगी भुमिका निर्वाह गर्ने स्वयंसेवक (भोलिन्टियर) परिचालन गर्ने महत्वाकांक्षा परियोजना सार्वजनिक गरेका हुन् ।

निःशुल्क प्राथमिक उपचार तालिम अभियानलाई एक फाउन्डेसनका रूपमा नेपालमा दर्ता गरी देशका सबै जिल्लाहरुमा  भोलेन्टियर परिचालन गर्ने र अभियन्ता तथा मुख्य प्रशिक्षक ओम उप्रेती रहने भएका छन ।  सबै भोलिन्ट्यरलाई हप्ता दिने प्राथमिक उपचारको अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तालिम प्रदान गर्ने र ती प्रशिक्षकहरुलाई जिल्लाका गाउँटोलसम्म तालिम दिई  प्रशिक्षक योग्य बनाइने उप्रेतीले बताएका छन ।

फाउन्डेसनको नाम योगदान रास्ट्रको लागि ( Contbitation to the nation/Nepal) CTN Nepal ) रहने र यो फाउन्डेसनको संचालक समितिमा डा. रविन्द्र समीर, डा. सुबास घिमिरे, कलाकार निर्मल शर्मा, समाजसेवी श्याम कँडेल,समाजसेवी हेमन्त पौडेल, समाजसेवी बालगोपाल चुके, समाजसेवी राहुल कौशल, ललिता उप्रेती, अधिवक्ता कृष्णप्रसाद न्यौपाने र पत्रकार इन्द्र रिजाल लगायतका व्याक्तित्वहरु रहने यो अभियानका परिकल्पनाकार समेत रहेका उप्रेतीले जानकारी दिएका छन् ।

यो फाउन्डेसन स्थापनाको औपचारिक घोषणा अभियन्ता ओम उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा जेठ २९ गते विहिवार सार्वजनिक गरेका छन् । उनका अनुसार विधान लेखन कार्य अन्तिम चरणमा पुगेको छ भने फाउन्डेसन दर्ता प्रक्रिया, कार्यालय स्थापना आदि कामहरुको जिम्मेवारी बाँडफाँट भएको उप्रेतीले बताएका छन् ।

फाउन्डेसन मार्फत स्वास्थ जनचेतनामुलक कार्यक्रमहरु गर्ने, विपतमा परेकाहरुको तत्काल उद्दार गर्ने, प्राथमिक उपचार तालिम गाउँगाउँ र टोलटोलसम्म पुर्‍याउने, सर्वसुलभ एम्बुलेन्स सेवा संचालन गर्ने लक्ष्य लिएको अभियन्ता उप्रेतीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर