Aamsanchar

आटिला ट्रम्प, कोरोना संक्रमित २० लाख पार भएको अमेरिकामा चुनावी सभा घोषणा

Author Image
बिहिवार, जेठ २९, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् । कोभिड–१९ का कारण चुनावी सभा स्थगित गरिएको थियो ।

ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीनामा सुरु गर्ने बताएका छन् । उनले भने, ‘सम्भवतः सबैभन्दा पहिले म ओक्लाहोमामा टस्लाबाट सभाको घोषणा गर्नेछ । यो र्याली अर्को शुक्रबारदेखि सुरु हुनेछ ।’

कोभिड–१९ को संक्रमणलाई थप फैलनबाट रोक्न र खतरालाई कम गर्नका लागि कस्ता प्रकारको सावधानी अपनाइनेछ भनेर केही जानकारी भने दिएनन् । ट्रम्पको प्रतिस्पर्धा डेमोक्रेटट नेता जो बिडेनसँग छ । अमेरिकामा यसै वर्ष नोभेम्बरमा राष्ट्रपति पदका लागि चुनावको आयोजना हुँदैन ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म २० लाख बढी संक्रमित रहेका छन् भने मृतकको संख्या १ लाख १५ हजार नाघेको छ ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर