चारपाने । झापामा कोरोना संक्रमितको संख्या १५० भन्दा माथी पुगी सकेको छ । दैनिक रुपमा संक्रमित थपिने क्रमपनि निरन्तर रहदै आएको छ । यता लकडाउन भएको करिव तिन महिना हुन लाग्दा सम्पूर्ण क्षेत्र प्रभावित बनेको अवस्थालाई मध्येनजर गर्दै सरकारले आजको दिन सम्ममा आई पुग्दा लकडाउनलाई लगभग पूर्ण खुल्ला गरिसकेको छ यो संगै संक्रमण फैलनै सम्भावना पनि उतिकै बढेर गएको छ ।
हाल सम्म लकडानको समयमा क्वारिन्टाइनमा रहेकाहरुकोे कोरोना परिक्षण छिटो हुन सकेको छैन । सरकारले सिमित श्रोतसाधन ल्याव स्थापना गर्नु पनि एक कारण हो र पूर्व तयारी अनुसार कल्पना गरिएको भन्दा धेरै नेपालीहरु परदेशबाट आउनु दोस्रो कारण देखिएको छ ।
यस्तै अवस्थामा विदेशबाट आउनेहरुको संख्या बढदैजाँदा परिक्षणको दायरा नबढाइने हो भने झापामा रिर्पोट पर्खन हप्ता भन्दा धेरै दिन कुर्नुपर्ने अवस्था भईसकेको छ । झापाली र पूर्वका इलाम, पाचँथर, ताप्लेजुङका नागरिकलाई सुविधा होस् र सरकारलाई पनि सहयोग गर्ने उदेश्यले झापामा संचालन भईरहेको एकका लागि अभियाने झापामै भिसिआर ल्याव स्थापना गर्ने घोषणा गरे संगै ल्याव स्थापना गर्नको लागि सहयोग रकम जुट्ने काम भईरहेको छ ।
मेशिन खरिदका लागि स्थानिय देखि विदेशमा रहेका संघ संस्था र व्यक्तीहरुले अभियनमा ऐकिबद्धता जनाउदै अभियानका लागि रकम उपलब्ध गराउने काम दैनिक रुपमा भईरहेको छ ।
त्यस्तै बुधबार बिर्तामोडमा एक कार्यक्रम मार्फत झापा बिर्तामोडका शैलेन्द्र कुरुवाङले ५० हजार उपलब्ध गराएका छन । उनले व्यक्तीगर उक्त रकम उपलब्ध गराएका हुन् । रकम दिदै कुरुवाङले भने अभियानको उदेश्य महान छ । यो बेला गरेको सहयोग मात्र विशुद्ध सामाजिक काम हुने छ अरुवेलाको सहयोगलाई समाजसेवा भन्न मिल्दैन, त्यो वेलाको सहयोग कुनै व्यक्ती,परिवार, टोलवासीका लागि मात्र हुने गर्छ, यो काम भनेको सिंगो जिल्ला र पूर्वका अरु तिन जिल्लाका नागरिकको लागि सहयोग पुग्ने काम गएकाले वास्तविक समाजसेवा चै यो काममा सहयोग गर्नु लागेको र महसुस गरेको छु, आवस्यक परेको खण्डमा अभियानको लागि अझ सहयोग गर्ने बताएका छन ।
अत्यन्त विपन्न वर्गलाई खाद्ययन्न सहयोग उपलब्ध गराउने उदेश्यका साथ सुरु भएको ‘एकका लागि एक’ अभियानले एतीखेर स्वास्थ्य क्षेत्रमा ध्यान दिईरहेको छ ।
बुधबार एउटै कार्यक्रममा अभियानलाई कुरुवाङले उपलब्ध गराएको ५० हजार सहत एक लाख १२ हजार रुपैयाँ प्राप्त भएको छ । अभियानका सहसंयोजक विनोद बस्नेतका अनुसार बिर्तामोडमा भएको एक कार्यक्रमकाबीच नेपाल मार्वल तथा टायल्स व्यवसायी संघ झापा झापाले ५१ हजार र छठ समाज सेवा समिति बिर्तामोडले पनि ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
अभियानको तर्फबाट सहसंयोजक बस्नेत, सल्लाहकार नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले रकम ग्रहण गरेका थिए ।
नेपाल मार्वल तथा टायल्स व्यवसायी संघ झापाको तर्फबाट अध्यक्ष कुशल खतिवडा, द्वितीय उपाध्यक्ष जयप्रसाद सिटौला, सचिव मनहरि बिमली, सहकोषाध्यक्ष नेत्रप्रसाद बिमली, सदस्यहरु विजय गोयल र डम्बर भण्डारीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।
छठ समाज सेवा समितिको तर्फबाट अध्यक्ष घनश्याम चौधरी, पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंह, महासचिव मनोज रौनियार, कोषाध्यक्ष राजकुमार साह, सहकोषाध्यक्ष अशोक चौधरी, सदस्यहरु बरुण चौधरी, विकी चौधरी र अनन्तलाल महतोले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।
ल्याबको स्थापनाका लागि एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान छ । अभियानलाई अन्तर्राष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ झापाले ल्याब स्थापना गर्न विशेष सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।
कार्यक्रमको सहजकिरण अभियानका सदस्य नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।