Aamsanchar

कहिले, किन र कसरी सुरुभयो रक्तदान !

Author Image
आइतवार, जेठ ३२, २०७७

एउटा सत्यकथा वाट आज शुरु गर्न जाँदैछौ हाम्रो आलेख ।
दुईपाँग्रे दुर्घटनामा घाईते भएकी स्मृती को आन्तरिक रक्तश्राव भई तत्कालै अपरेशन गर्नकालागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकैफेर ५ पिन्ट रगत पाउन मुश्किल र यता मान्छेको ज्यानको खतरा । सामाजिक सञ्जालका माध्यमवाट रक्तदाताहरु बोलाएर रगत पूर्ति गरियो र आज स्मृती स्वास्थ्यलाभ गर्दैछिन । यसरी रगत समयमै पूर्ती हुननसक्ने भए धेरैजनाको ज्यान जोखिममा पर्दछ । रक्तदान मानव सभ्यताको सबैभन्दा पुण्य कमाईने दान हो र आउनुहोस आज यही पुण्य कमाउने विषयमा कुरा गरौ । स्मरण रहोस हरेक वर्षको जुन १४ तारिखमा संसारभरि रक्तदाता दिवसका रुपमा मनाईने चलन छ । स्मृतीलाई जस्तै अन्य थुप्रै मान्छेहरुलाई आवश्यक पर्दा रगत को स्वयमसेवी दान गरेर रक्तदाताहरुले मानवतालाई एउटा नयाँ उचाई दिईरहेका छन् , हाम्रो पात्रो आज ती तमाम रक्तदाताहरुलाई एकमुष्ठ सलाम गर्दछ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि योदिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमारक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका र्याली, कोणसभा, प्रभातफेरी लगायत चेतनामूलक कार्यक्रमहरु आयोजनागरिंदै आएको छ । रगतको महत्व बुझाउदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता स्वरुप एक नायक अभियानका रुपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरुकता बढाउन योदिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरुलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपुर्ति गर्नेरक्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समुह अनुसारका मेल खाने समुहहरुका रगत उनीहरुमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरुको रगतमा कुनै सक्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरुलाई उनिहरुको मेडिकल इतिहास र स्वास्थ्यका वारेमा जानकारी लिइन्छ ।

सामान्यतया एकपटक रक्तदान गरेर अर्कोपटक रक्तदान गर्नुका बीचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामीमध्य कतिपयलाई यी कुराहरु पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्नकालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकीएको छ । यसता रक्तदाताका सीमाहरु देश अनुसार फरक पनि हुन सक्दछन् ।

रक्तदान नै जीवनदान हो । केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केहि कुराहरुमा पर्न आँउदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरुमा आवश्यक कुराहरु पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो । दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्दछ । स्मरण गरौ कि आजको विश्वमा हामीहरु मध्य कोही पनि सुरक्षित छैनौ, हामीहरु सबैजना दुर्घटना वा रोगको शिकार हुनसक्दछौ र रगत हामीलाई या हाम्रा आफन्तलाई आवश्यक पर्नसक्दछ ।

हामीहरुले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाँउदछ र समाजले अकालमै कोही सदस्य गुमाँउन नपर्ने वातावरण हुन्छ । रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एकहिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । कसैको ज्यान जोगाउन डाक्टरनै हुनपर्दछ भन्ने पनि त छैन, रक्तदाताहरु वास्तवमै भगवान प्रतिरुपहरु हुन् ।

नेपालमा पनि पछिल्ला समयमा रक्तदानकालागी स्वयम सेवी सँस्थाहरु र सञ्जालहरु बढ्दै गएका छन् । आज हाम्रो पात्रो ति सबै सँस्था र सञ्जालहरुलाई पनि संझना गर्न चाहन्छ, यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन नेपाल, रेड क्रस लगायत थुप्रै सस्था अनि सञ्जालहरुको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारीफयोग्य छ । हामीमध्य केही सुई सँग डराउने या घोच्नपर्ने भएकाले रक्तदान गर्न डराँउदछौ जुन अत्यन्त हास्यास्पद कुरा हो । रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा के हुन सक्छ र ?

तपाईको आफ्नै भाई या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहीएमा के तपाई रक्तदान नगरि बस्नुहुन्छ रु त्यस्तै धेरै दाजुभाई दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यक्ता परिरहेको हुन्छ, रक्तदाताहरु वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौ ।रगत अभाव मुक्त नेपाल बनाउन सबैजना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामीसबैलाई एउटा प्रश्न छाडेर जान्छौ ?

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)