Aamsanchar

कनकाईबाट सातजना जुवाडे पक्राउ

Author Image
आइतवार, जेठ ३२, २०७७

प्रतिकात्कम तस्वीर

लकडाउनका कारण व्यापार व्यवसाय धरासायी भयो आर्थिक संकटका कारण बैंक र भाडा तिर्न सकिएन भन्ने गुनासाहरु आईरहेको बेला केही व्यवसायीहरु जुवा खेल्दा खेल्दै पक्राउ परेका छन ।

जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजना पक्राउ परेका थिए । उनिहरलाई कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार विशेष सूचनाको आधारमा खटिइएको प्रहरी टोलीले नगद ७१ हजार १० रुपैयाँसहित १६ थान कौडा र सातजना जुवाडेलाई पक्राउ परेको जानकारी दिएका छन ।

पक्राउ पर्नेमा कनकाई–३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाई, कनकाई–४ का ३८ वर्षीय मानबहादुर श्रेष्ठ र ३५ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।

नगदसहित पक्राउ परेका जुवाडेहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

सुरुंगामा नाम चलेका व्यक्तीहरु जुवाखालबाट पक्राउ पर्नुले सुरुंगाको सामाजिक छवीमा पनि गिरावट आएको स्थानिय सर्वसाधारणहरुले चिन्ता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर