Aamsanchar

एकका लागि एक अभियान संग सहकारी संघ र संस्था साझेदार बन्ने, २५ लाख दिने

Author Image
आइतवार, जेठ ३२, २०७७

बिर्तामोड । झापामा पिसिआर ल्यावको आवसेकता तत्कारो रहेको छ यसै सन्दर्भमा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालका अनुसार संघको समन्वयमा अभियानलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागिएको हो । आजै घोषणा गरेर एक साताभित्र रकम संकलन गरिसक्ने ढकालले जानकारी दिएका छन ।

ढकालका अनुसार महासंघसँगै राष्ट्रिय सहकारी बैंक, बचत तथा ऋण सहकारी महासंघले प्रतिबद्धता जनाउँदै एकएक लाख रुपैयाँका दरले सहयोग रकम घोषणा गरेका छन् । जिल्ला सहकारी संघ झापाले एक लाख एक हजार रुपैयाँ पिसिआर ल्याबका लागि सहयोग गर्नेछ ।

एकका लागि एक अभियानले सुरु गरेको पिसिआर ल्याब सञ्चालन गर्ने अभियानमा सहकारीको सबैभन्दा माथिल्लो निकाय पनि जोडिएको ढकालले बताए । ‘यो एकदमै खुसीको कुरा हो’, ढकालले भने, ‘यसले समाजमा राम्रो सन्देश दिएको छ ।’

अभियानले दुई साताअघि रकम घोेषणा गरेको थियो भने ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ ।

ल्याब सञ्चालन गर्न अन्तर्राष्ट्रिय झापाली समाजले पनि ३० लाख रुपैयाँको हाराहारीमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । ४० देशमा सञ्जाल रहेको समाजका अभियान्ताहरुले अनलाइन कोष खडा गरेर रकम संकलन गरिरहेको समाजका संरक्षक दिनेश पोखरेलले जानकारी दिए ।

अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । संसारभर रहेका झापाली र संघसंस्था तथा अन्य क्षेत्रका दाताहरुसँग अभियानले सहयोगको अपिल गरेको छ ।

पिसिआर ल्याब स्थापना गर्न झन्डै एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ल्याब सञ्चालनको जिम्मेवारी लिन झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई अभियानले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर