विद्यालय गएर हुने शैक्षिक क्रियाकलापभन्दा यसमा भिन्न तरिकाबाट सिकाउन खोजिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर, कुन विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने निक्र्योल नभएका कारण बजेट सक्ने मेलो मात्र हुने हो कि भन्ने शंका मन्त्रालयकै अधिकारीमा छ ।
कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । लकडाउनका कारण चैत ११ गतेदेखि मुलुकभरका शैक्षिक संस्था बन्द छन् । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ क्षमतामा ह्रास आउने मन्त्रालयका अधिकारी बताउँछन् ।
कसरी सिकाउने भनेर अलमलमा परेको मन्त्रालयले निर्देशिका जारी गरी चारवटा वैकल्पिक उपाय अपनाएको छ ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 214