Aamsanchar

एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन

Author Image
बुधवार, असार ३, २०७७

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करीब १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ ।

उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा रू। १३ लाख भित्रिएको जानकारी दिए । यसबाट किसानले रू। २०र२५ हजारदेखि सवा लाख बढीसम्म आम्दानी गरेका छन् ।

वडा कार्यालयको पहलमा रू। ३ लाख ५० हजार बराबरको ३४ क्विन्टल लसुन बीउका लागि गाउँमै राखिएको छ । यो वर्ष किसानले लसुनमा प्रतिकिलो रू। १०० पाएका छन् । गत वर्ष प्रतिकिलो रू। ८० मा लसुन विक्री गरेका थिए ।

उत्पादित लसुनले बजार पाएपछि किसान हर्षित भएका छन् । दाङका व्यापारीले गाउँमै आएर लसुन खरीद गरेर लगेको किसानले बताएका छन् । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गत वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुनखेतीमा आकर्षित भएका छन् ।

वडाका धेरै ठाउँमा लसुनखेती हुन थालेको किसान झुपलाल खड्काले जानकारी दिए । ‘उत्पादित लसुनले बजार पाउन थालेपछि वडाका धेरै ठाउँमा लसुनखेती हुने गरेको छ’, उनले भने, ‘गाउँबाटै व्यापारीले लसुन उठाउने गरेका छन्, सजिलै विक्री हुन थालेपछि लसुन उत्पादनमा धेरैको आकर्षण बढेको छ ।’

उनले रू। १ लाख २३ हजारको लसुन विक्री गरेको जानकारी दिए । यसैबीच वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ । यसका लागि २ हजार २०० किलो लसुनको बीउ वितरण गरेको वडा कार्यालयले बताएको छ ।

यसका साथै बजारीकरणमा पनि ध्यान दिएको वडाको भनाइ छ । स्थानीयसहित जिल्ला बाहिरका व्यापारीलाई गाउँमा ल्याउने काम वडाले गरिरहेको वडाध्यक्ष गोप्यश्वर केसीले बताए । श्रोत : कृषि पत्रिका 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर