Aamsanchar

झापामा एकैदिन ३ दुर्घटना

Author Image
बुधवार, असार ३, २०७७

अर्जुनधारा ।  बुधबार झापाको विभिन्न स्थानमा सवारी दुर्घटना भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं.४ ओडारी चोक उत्तर तर्फबाट आउदै गरेको को २५ प ४५५४ नम्बरको मोटरसाईकललाई उत्तरबाट दक्षिण जाँदै गरेको मे १ त ७२०९ नम्बरको ट्याक्टरले ठक्कर दिंदा मोटरसाईक चालक मोरङ जहदा गाउँपालिका ३ बस्ने बर्ष ३१ को शिबप्रसाद राजबंशी घाईते भएका छन । राजवंशीलाई उपचारको लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको थियो । ट्याक्टर चालक कमल गाउँपालिका १ बस्ने जयवीर साह पनि घाईते भई उपचारमा संलग्न रहेका छन् ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रकृया अघि बढाएको छ । घटना स्थलमा शिवगंज प्रहरी टोलीले उद्धार गरेको थियो ।

त्यसै गरि झापा शिबसताक्षी नगरपालिका ८ डुँडामारी चोक स्थितमा उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको मे ११ प ९२४९ नम्बरको मोटरसाईकको ठक्करबाट साईकलयात्री शिवसताक्षी ८ का ७२ बर्षे पर्शुराम घिमिरे घाईते बनेका छन । घाईते घिमिरेलाई बिर्तामोड स्थित एक अस्पतालमा उपचार्थ लगिएको छ । घिमिरेलाई झिलझिले प्रहरीको टोलीले उद्धार गरेको थियो । मेटरसाईकल चालक शिबसताक्षी–२ का बर्ष ४२ को भिम प्रसाद आङदेम्बे प्रहरीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

शिवसताक्षी नगरपालिकाको छिमेकी पालिका कमल गाउँपालिकामा पनि आजै दुर्घटना भएको छ । दिउसो १२ बजेर २० मिनेटमा कमल गाउँपालिका– ५ गेउरीया पुल मा पस्चिमबाट पुर्ब तर्फ आउदै गरेको साईकल यात्रीलाई सोर्ह दिशाबाट आईरहेको मे.२४ प. ३३० नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिदा साईकल यात्री कमल गाउँपालिका ५ बस्ने बर्ष ६७ को लक्ष्मी प्रसाद दर्जी घाईते बनेका छन । उनलाई उपचारको लागि दमकको एक हस्पिटल पठाएको थियो । मोटरसाईकल चालक शिवसताक्षी–४ का बर्ष ३१ को भगवान गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दमकबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको झापा प्रहरीका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)