Aamsanchar

नेताहरुको साईत जुर्यो, असार १० गते नेकपा स्थायी कमिटी बैठक

Author Image
बिहिवार, असार ४, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक असार १० गते बोलाइएको छ । बुधबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्माओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्तामा सो सहमति भएको हो । बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज९एमसीसी०, सरकारको कामको समीक्षा लगायतका विषयमा छलफल हुने श्रोतले बताएको छ ।

यसअघि बैशाखमा उल्लेखित विषयमा छलफल गर्न बैठकको माग गर्दै २० जना स्थायी समिति सदस्यहरुले गर्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित मागपत्र पेस गरेका थिए । उनीहरुको दबाबमा वैशाख २५ गते बोलाइएको बैठक अचानक स्थगित भएको थियो । नेकपाको विधानअनुसार ३ महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर ६ महिनादेखि बैठक बोलाइएको छैन । यसअघि मंसिर २९ गतेदेखि बसेको बैठक पुस ६ गते सम्पन्न भएको थियो ।

Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर