Aamsanchar

अबैद्ध समान बरामत, कोरोना भित्रिने खतरा

Author Image
बिहिवार, असार ४, २०७७

बिर्तामोड । लकडाउनको समयमा सिमामा चोरी तस्करी मौलाएको छ । दैनिकजसो अबैध रुपमा भारतबाट नेपाल भित्रयाइएको समानहरु प्रहरी द्वारा बरामत गर्ने काम भईरहेको छ ।

बिशेष सुराकीको आधारमा बुधबार झापाको मेचीनगर नगरपालिका ७ गैरीगाउँबाट काँकडभिट्टा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध समान बरामत गरेको छ ।

बरामत गरिएको सामानमा मोवाईलको एलसिडी, लोरीयल जेल र खैनी ५० केजी गरी ३ लाख ५६ हजार १ सय ७० रुपैया बराबरको समान बरामत गरि मेची भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यलय झापाका सुचना अधिकारी राकेश थापाले जानकारी दिएका छन ।

संक्रमणको यस समयमा भारतबाट आउने नागरिकलाई होल्डिङ सेन्टर, क्वारेन्टाइनमा राख्ने गरिएको छ तर भारतबाट दिउसो, राती अबैद्ध रुपमा चोर बाटोबाट सामान तस्करी गर्नेहरुबाट कोरोना भित्रयाउने काम भईरहेको पनि हुनसक्छ यस बिषयमा जिल्ला स्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति र जिल्ला प्रसाशनको ध्यान पुग्न जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर