Aamsanchar

झापामा पिसिआर ल्यावको लागि ८० लाख नगद प्रतिबद्धता, अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख दिने घोषणा

Author Image
शुक्रवार, असार ५, २०७७

चारपाने ।  झापामा पिसिआर ल्याब संचालनका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

बिहीबार बसेको अनलाइन बैठकबाट सो रकम एकका लागि एक अभियानलाई उपलब्ध गराउने निर्णय भएको हो । झापामा नागरिकस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि अभियानले २७ दिन अघीबाट रकम संकलन सुरु गरेको थियो ।

प्रदेश १ मा संकलन भइरहेको ¥याल संख्या (भिटिएम) को तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो । समाजले कोरोनाको उच्च जोखिममा सीमावर्ती जिल्ला झापा रहेकाले पिसिआर ल्याब जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

समाजले यसअघि कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट ट्युब प्रदान गरेको थियो । एकका लागि एक अभियानको टोलीसँग झापाका १५ वटै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई एक सयका दरले पिसिआर टेस्ट ट्युब प्रदान गरिएको थियो ।

पिसिआर ल्याव संचालनको लागि एकका लागि एक अभियानले मुख्य साँझेदारी संस्थाहुने गरि ३ वटा संस्थालाई आवहान गरेको थियो । जसमा जिल्ला सहकारी संघ झापाले साँझेदारी बन्नको लागि ५ दिन अघी २५ लाख उपलब्ध गराउने घोषणा गरिसकेको छ । संघले १० दिन भित्रमा रकम जम्मा गराउने बताईएको थियो । उल्लेखित समय अब ५ दिन बाँकी छ । त्यस्तै झापाको एक स्थानियतह यो अभियानमा जोडिने बताईएको छ कुन स्थानिय तह भन्ने अझै टुङगो लागेको छैन ।

एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले सामाजिक संजालमा लेख्दै समुदाय स्तर बाट पिसिआर ल्यावको लागि ८० लाख रकमको प्रतिवद्धता भएको अव ल्याव स्थापना कार्यनयन सुरुहुने संकेत गरेका छन ।

प्रतिवद्धता भएको रकम जिल्ला सहकारी संघ झापा २५ लाख, अन्तर्राष्ट्रिय झापाली समाज २५ लाख र सकेको रकम उपलब्ध गराएर अभियनमा जोडिएका संघ संस्था र व्यक्ती बाट संकलन भएको करिव ३० लाख गरेर ८० लाख प्रतिवद्धता भएको हो ।

अब स्थानिय तहले घोषणा गर्न बाकी छ । ल्याव स्थापना गर्न १ करोड १५ लाख लाग्ने अनुमान अभियानले गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)