

विर्तामोड । झापा कोरोना संक्रमित हुने संख्या १८२ पुगेको छ । आज झापाको दमकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भए संगै उक्त संख्या पुगेको हो ।

स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी नुसार आज संक्रमण पुष्टि हुनेमा झापाको दमक नगरपालिकाकी २९ बर्षीय महिला छन । उनि कुबेतबाट आएकी हुन् ।

यो संगे देशभरीमा कोभिड १९ संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।


Views: 202

