विपुल पहिलोपटक दुबई आएको थियो । पोखरा कि सीतासँग उसको प्रेम बस्यो । बिहे गरिसकेकी महिलासँग । उनका दुई छोरा थिए । झापाबाट एउटै बसमा एउटै प्लेनमा चढेर आएको थियो ऊ । एकछिन नछुटिने अवस्थामा पुग्यो । एउटै कम्पनीमा काम गर्ने भएकाले हुनसक्छ सीतासँग चाँडै नजिकियो ।
लोग्नेसँग सम्बन्ध बिग्रिएपछि विदेश आएकी थिई । म पनि तिनीसँगै काम गर्ने भएकाले मलाई साथी मान्थी । राम्रो सम्बन्ध थियो । पकाएर खाना ल्याइदिने गर्थी । उनीहरु जुनसुकै बेला पनि टाँसिएर बस्थे । दुई छोराकी आमा भएर पनि उत्ताउली थिई । जवानी अझै फर्किएझैँ लाग्थ्यो । ‘मेरो राजा’, ‘मेरो काले’ भनेर सम्बोधन गर्थी । हामीले काम गर्ने कम्पनीमै हल्ला फिँजिएको थियो । कोठा भाडा लिएर उनीहरुले कयौं रात बिताए ।
‘म नेपाल आएपछि झापा आउनु है सीता । झापामा पानीपुरी र चटपटे मिठो पाउँछ । इलामको कन्याम र चियाबारी घुम्न जाउँला,’ म सीतालाई भन्थेँ ।
एकदिन सीतालाई भनेँ, ‘तपाईं र विपुलको प्रेम सच्चा हो । प्रेम निस्वार्थ हो ।’
‘तलाईँ के लाग्छ ? विपुल उल्टै सोध्थ्यो ।
सीतालाई लाग्न थालेको थियो– मैले खोजेको मानिस भेट्टाएँ ।
छोरी मान्छेका लागि प्रेम र यौन सुखले ठूलो अर्थ राख्छ । उसले विपुलसँग दुवै पाएकी थिई ।
सबैभन्दा खुसी आनन्द हो । जीवनमा खोजेको पनि त्यो सुख हो, जस्तो लाग्न थालेको थियो उसलाई ।
जीवनमा धेरै दुःख भोगेकी थिई । जीवनको आधा समय बिताइसकेकी थिई तर अहिले मात्र लोग्ने सुखको अनुभव गर्न पाएजस्तै गर्थी । लोग्नेको प्रेमबाट वञ्चित हुँदै छोराको भविष्यका लागि परदेसिएकी थिई । गन्तव्यमा नपुग्दै अर्को पुरुषको साथ पाएकी थिई ।
समय बित्दै गयो । उनीहरुको प्रेम गहिरो हुँदै थियो । प्रगाढ हुँदै थियो । विवाह गरेर घर बसाउने योजना बन्न थालेका थिए ।
मैले एक दिन सीतालाई भनेँ, ‘दुबईको माया यताउता हुँदैन होला नि !’
ऊ रातोपिरो भएकी थिई । मलाई लाग्थ्यो, ‘उनीहरुको प्रेम परदेशमा आफ्नो इच्छा पूरा गर्ने माध्यम मात्र हो । तर, होइन रहेछ ।
वर्ष दिन नबित्दै विपुल फर्कियो । केहि दिनपछि सीता पनि फर्किई । अहिले दुवै जना पोखरामा किराना पसल गरेर बसेका छन् । विपुलले बाचा भुलेन । सीताले पनि स्वीकार गरी । सीताले बच्चा पनि पाइसकी ।
केही दिनअघि सीतासँग भिडियो कल भएको थियो– अहिले तपाईंहरुको प्रेम कस्तो छ ? पहिलाको जस्तै ? जिन्दगी रमाइलो छ नि !’
उसले सहजै भनिदिई, ‘अँ, रमाइलो छ अमित !’
दुबईले जुराएको प्रेम सुखद होस् । कसैको आँखा न लागोस् । दाम्पत्य जीवनको शुभकामना !
लेखक संग्रौला झापा बिर्तामोडका हुँन हाल दुबई
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 78