यस वर्षको शरणार्थी दिवस विश्वले अलिक फरक तवरले मनाउने छ, कोभिड १९ को महामारी र लकडाउनका बिच विश्वले कुनै भेला, सभा या भींड भन्दा पर एकअर्काको आपसी एैक्वद्धता, सद्भाव र मानवताको उद्घोषका साथ मनाउनेछ ।
सन् २०२० मा यूएनएचसीआरले आइभोरी भन्ने देशका २२ वर्षिय कलाकार ओ प्लेरुले बनाएका ईमोजीलाई आधिकारिक शरणार्थी दिवसको ईमोजी बनाएर उतार्दैछ, ट्वीटरले पनि यस्लाई आधिकारिक मान्यता दिँदै बिभिन्न ह्याशट्यागहरुको उद्घोष गरेको छ । यस ईमोजिमा हृदय अर्थात मुटुको आकृतिमा दुईवटा हातहरु मिलेको देखाएनेछ, जुन को २३ तारिखसम्म यस्लाई लाइभ गरिने शरणार्थी समबन्धी संयूत्तरराष्ट्र संघीय उच्चआयोग यूएनएचसीआरले बताएको छ ।
यस बर्षको विश्व शरणार्थी दिवसमा संघारमा विश्वभरि विस्थापन बढेको र नाटकीय सामाजिक परिवर्तनको पृष्ठभूमिमा विश्व समुदाय नै उभिएको पाइएको छ । महामारी र भर्खरको रंगभेदी विरोधी प्रदर्शनले बढी समावेशी र न्यायसंगत विश्वको आवश्यकतालाई रेखांकित गरेको छ। युएनएचसीआर र यसका साझेदारहरूले लाखौं शरणार्थीहरू र अन्य जबरजस्ती विस्थापित र राज्यविहीन मानिसहरूलाई बचाउन आफ्नो प्रयासलाई जोड दिइरहेका छन्।
ससाना समुदाय, कबिला या समुहमा बस्ने मान्छे अब भौगोलिक रेखाभित्रका देश अनि सिमाभित्र बस्न थालेका छन् । उनीहरुको पहिचानको प्रथम चरण नै देशबाट शुरु हुन्छ, म फलाना देशको नागरीक, म ढिस्काना देशको नागरीक आदि ।
तर केही यस्ता मान्छेहरु पनि हुन्छन् जसको देश त हुन्छ तर उनीहरु त्यस देशका नागरीक भएर बस्न पाँउदैनन्, यावत कारणले । यस्ता मान्छेहरु जब अर्कै कुनै देश या सिमामा बास माग्न या बस्न पुग्दछन् तब तिनीहरुलाई शरणार्थी भनिन्छ ।
शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५० बर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोग ९युएनएचसीआर० ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता बिषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिंदै आएको छ । संयुक्त राष्ट्रसंघले अरु मानिस झैं शरणार्थी मानिसहरु रहेको र उनीहरुले आफ्नो बसोबासमा सामान्य रुपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवियता, सहअस्तित्व, विविधता र शरणार्थीहरु प्रति खुल्ला हृदयहरुको आवश्यकता छ ।
थोरै खानेकुराका पोका, महिला, लालावाला अनि केही गुटिगुन्टा अनि धेरै त्रास र भय बोकेर यसवर्ष पनि थुप्रै देशहरुवाट शरणार्थीका लावालस्कर निस्केका छन् । मध्यपूर्वी एसियाका देशहरु लगायत यसपाला सर्वाधिक चर्चामा रोनिगिया मुसलमानहरु अनि तिनको बंगलादेशको शरण रहेको छ । शरणार्थी चाहे जुनैसुकै देशको हुन तर तिनीहरुले जति गरिबी, भोकमारी, दुख्ख, जोखिम, उत्पीडन अनि बग्रेल्ती आँशुका ढिकहरु शायदै अरुले खसाउलान ।
नेपालले पनि पालैपालो गरेर गएका केही दशकमा कहिले तिव्वती त कहिले भुटानी शरणार्थीलाई आफ्नो स्न्ेश र बास साटासाट गरेको छ, देश सानो भएपनि नेपालले शरणार्थीप्रति देखाएको त्यो सदाशयताबाट विश्वले सिक्न पर्ने कुराहरु भने धेरै छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् । नेपालमा भुटानबाट आएका शरणार्थीको संख्या ४८ हजार माथि थियो । उनीहरु मध्ये धेरैलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका लगायतका तेश्रो देशमा पूर्नवास गराइएको छ । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन सकेको छैन । शायद आजको यस दिवसमा सरोकारवालाहरुको यस तर्फ पनि ध्यान जानेछ भन्ने कामना गरौं ।
आज विश्वभरिका देशका सरकारलाई आधारभूत यि बुँदाहरु मा स्वीकारोक्ति गराउन आव्हान गरिन्छ । हरेक शरणार्थी बालबालिकाले पढ्न पाउन शरणार्थी परिवारले यथोचीत वास पाउन र हरेक शरणार्थीले परिवार पाल्न केही काम या सीप सिक्ने मौका पाउन् । यस विश्वमा हरेक ११३ मान्छेमध्य १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याकं छ तसर्थ यस विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ है । विश्वन्धुत्व र वुदैव कुटुम्बकम को धारणा विश्वका हरेक देशमा आओस् अनि यूद्ध र प्राकृतिक प्रकोप कम होस् जसले गर्दा शरणार्थी समस्या आँफै समाधान हुनेछ ।