Aamsanchar

समुदायमा कोरोना फैलिएको हुनसक्ने त्रासले कनकाई नगर बन्द घोषणा

Author Image
सोमवार, असार ८, २०७७

कनकाई । लामो समयको बन्दाबन्दी पछी बिस्तारै सहजबन्दै गएको झापाको एक नगर क्षेत्रको बजार फेरी बन्द हुने भएको छ । कनकाई नगरपालिका क्षेत्रका बजार पाँच दिनका लागि बन्द गर्न आव्हान गरिएको छ । नगरले आज एक सूचना जारी गर्दै आज सोमवार दिउँसो १२ बजेदेखि १३ गते शनिवार रातको १२ बजेसम्मलाई स्वास्थ्य बाहेक सबै क्षेत्रलाई बन्द गर्न अनुरोध गरेको छ ।

नगरभित्र ४ जनामा कोरोना संक्रमण पुष्टि भएको र समुदायमा समेत फैलिएको हुन सक्ने संभावनालाई ख्याल गर्दै नगरले बन्दको आव्हान गरेको हो । नगरले सूचना जारी गर्दै आवश्यक कन्टेक्ट ट्रेसिङ गर्नु पर्ने भएकाले सबै वडाका बजार, पसलहरु, शैक्षिक संस्था, नगरपालिका कार्यलय, वडा कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर