Aamsanchar

पाल्पामा पहिरो, ४ वटा सवारी साधन पुरिए

Author Image
सोमवार, असार ८, २०७७

फोटो : रातोपाटीबाट

बर्खालागे पछी विकास निमार्णको काम गर्दा  भौतिक संरचना कमजोर, नष्ट हुने सम्भावना धेरै रहदा रहदै बजेट सक्न हतारोमा गरिएका योजनाको कारण कयौले ज्यान गुमाई सकेका छन । कति घाइते बनेका छन । त्यस्तै बर्खे विकास निमार्ण भईरहेको तानसेन–गुल्मी सडक खण्डमा पर्ने पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मेबारी भन्ने स्थानमा सोमबार दिउँसो ४ वटा गाडी पहिरोमा परेर पुरिएका छन् ।

नगरपालिकाले खन्दै गरेको नयाँबाटोमा पहिरोले एउटा कार, एउटा जिप, मिनी ट्रक र पानी बोक्ने ट्यांकर पुरिएको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थल पुगेका पाल्पाका पत्रकार माधव आर्यालले दुई वटा शव फेला परेको बताए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर