Aamsanchar

सिएमए संघ झापा द्वारा बिर्तामोडका १० वडालाई हातधुने सामग्री हस्तान्तण

Author Image
सोमवार, असार ८, २०७७

फोटो : सुरेश खतिवडाको फेसबुकबाट

बिर्तामोड । बिर्तामोड नगरको कोबिड नियन्त्रण र रोकथाममा सिएमए संघ झापाले हातधुनको लागि प्रयोग हुने बाल्टिन, सावुनदानी लगायतका सामाग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तण गरेको छ ।

सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपती खतिवडा, प्रशासकीय अधिकृत देवराज कार्की र कोरोना नियन्त्रण व्यवस्थापन समिति संयोजक ओम खड्का लगायतको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

सानै प्रयासबाट पनि महत्वपूर्ण कामगर्न सकिन्छ र स्वास्थ्य सचेतना फैलाउने उदेश्यकासाथ नगरका १० वटा वडा कार्यलयमा राख्नेगरी बाल्टी हस्तान्तरण गरिएको सिएमए संघका अध्यक्ष प्रदिप खरेलले बताए ।

बाल्टी हस्तान्तण कार्यक्रममा संघका महासचिव सुरेस खतिवडा ,कोषाध्यक्ष षडानन्द नेपाल र सदस्य धिरेन ओझाको सहभागित रहेको थियो । ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर