विर्तामोड । झापाको बिर्तामोडका दुई जना युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा बिर्तामोड ५ का ३६ वर्षीय र ७ का ४६ वर्षीय पुरुष रहेका प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले पुष्ठि गरेको हो। उनीहरुको असार ७ गरे नमुना संकलन गरिएको सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।
यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । एक जना होम क्वारेन्टाइनमा रहेको र एक जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन रहेको विर्तामोड नगरपालिकाले जनाएको छ ।
उनीहरु केही दिन अघि भारतबाट आएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 213