

एजेन्सी । भारतीय योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसलाई शतप्रतिशत जित्ने औषधि तयार पारेको दाबी गरेको छ । आज मंगलबार पतञ्जली आयुर्वेदले पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोनिल नामक औषधि सार्वजनिक गरेको छ । उक्त औषधि भारतमा प्रयोग गरेर हेरिएको पनि कम्पनीले दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा रामदेवले भने, ‘विश्वले कोरोना भाइरसको औषधि खोजी गरिरहेको थियो। तर आज कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको छ। यसको नाम हामीले कोरोनिल राखेका छौँ।’
भिडियो हेर्नुहोस् ।

https://twitter.com/i/status/1275360416948875264
Views: 232

