Aamsanchar

युएईमा नेपालीको रोजाई बन्दै मावारिद एक्सचेञ्ज

Author Image
मङ्गलवार, असार ९, २०७७

युएईको मावारिद एक्सचेञ्जले युएईका नेपालीहरुबीच लोकप्रिय बन्दै गएको छ । अहिलेको प्रतिकुल अवस्थामा पनि युएईबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाउन नेपालीहरु खोजीखोजी मावारिद एक्सचेञ्ज आउने क्रम बढिरहेको मावारिद एक्सचेञ्जसँग टाइअप गरेको नेपालको सिभिल बैंकका युएई प्रमुख सन्जित सिंहले जानकारी दिनुभएको छ ।

अन्य एक्सचेञ्जभन्दा पैसाको रेट धेरै भएको र मावारिदमा सेवाप्रदायक धेरै नेपाली कर्मचारी रहेका कारण पनि धेरै नेपालीको रोजाईको एक्सचेञ्ज भएको सिंहले बताउनुभयो । वहाँका अनुसार युएईका मुख्यमुख्य शहरमा शाखा भएका कारण पनि मावारिदको कारोबार निरन्तर बढिरहेको हो ।
केही महिना अगाडि युएईको दुबई र शारजाहमा रहेका आफ्ना ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीहरुका साथमा अन्य उपहारहरु पाइने योजनाले पनि धेरै नेपालीहरुले मावारिद एक्सचेञ्जलाई रोज्ने गरेको सिंहले प्रष्ट पार्नुभयो ।

नेपाली कामदारहरुलाई लक्षित गरी मावारिद एक्सचेञ्जका ६ वटा शाखामार्फत नेपालमा १ सय १३ वटा शाखा भएको सिभिल बैंक र नेपालभरिका दश हजार एजेन्टहरुबाट सजिलोसँग पैसा निकाल्न सकिने सिभिल बैंकका युएई प्रमुख सिंहले जानकारी दिनुभएको छ ।

मावारिद एक्सचेञ्जले अन्य एक्सचेञ्जभन्दा राम्रो रेट तथा पैसा पठाउदा लाग्ने शुल्क एकदम कम मात्र लाग्ने र सबै शाखाहरुमा नेपाली कामदार भएका कारण कारोबार सहज हुने सिंहले बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर