Aamsanchar

पिसिआर ल्याबका लागि कङदङवा र ओलीबाट ७२ हजार सहयोग

Author Image
बिहिवार, असार ११, २०७७

रकम हस्तान्तरण गर्दै लोकबहादुर कङदङवा, ग्रहण गर्दै अभियानका संयोजक महेन्द्र गिरी, साथमा बाँया तर्फ अभियानका सहसंयोजक बिनोद बस्नते, दायाँ तर्फ क्रमस् अभियनका सदस्य कुमार भट्टराई, केदार गिरी ।

बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजनाले ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

बिहिबार  एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई समाजसेवी तथा व्यवसायी लोकबन्धु कङदङवा र मोहन अधिकारीले क्रमशः ५१ हजार र २१हजार रुपैयाँ प्रदान गरे । कङदङवा बिर्तामोडका पूर्व जनप्रतिनिधी हुन । अधिकारी बिर्तामोडका व्यवसायी हुन ।

अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, व्यवसायी केदार गिरीले रकम ग्रहण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै मोहन अधिकारी, ग्रहण गर्दै अभियानका संयोजक महेन्द्र गिरी, साथमा बाँया तर्फ अभियानका सहसंयोजक बिनोद बस्नते, दायाँ तर्फ क्रमस् अभियनका सदस्य कुमार भट्टराई, केदार गिरी ।

अभियानले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ । अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ । बुधबार १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कनकाई नगरपालिकामा रहेको कर्मयोग भवनको अवलोकन गर्दै पिसिआर ल्याव राख्ने अनुमती दिएका छन । संयोजक गिरीले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर