

झापा । देशभरिनै संक्रिमितको संख्या बढीरहेको अवस्थामा झापामा पनि दैनिक रुपमा थोरै संख्यामा भएपनि संक्रमित थपिन रोकिएको छैन । पछिल्लो अपडेट अनुसार झापामा संक्रमितको संख्या २१८ पुगेको छ ।

कोरोना संक्रमणबाट निको भएर विहीवार झापाका २८ जना घर फर्किएका छन् । योसहित निको भएर घर फर्किनेको संख्या १५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईले जानकारी दिए ।
Views: 167

