Aamsanchar

हल्दिबारी घटनाको बिषय पार्टीगत बन्दै, राप्रवि संगठनले निकाल्यो विज्ञप्ती

Author Image
शुक्रवार, असार १२, २०७७

बिर्तामोड ।  हल्दीवारी गाउँपालिकामा भएको घटनाको छानविनको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापा जिल्ला कार्य समितिले विज्ञप्ती जारी गरेको छ । विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीमाथि कार्बाही गर्न माग गरेको हो ।

संगठनकी जिल्ला सचिव समिरा सिवाकोटीले गाउँपालिकाको सभाहलमा अध्यक्ष रविन्द्र लिङदेनमाथि आक्रमण भएको भन्दै घटनामा संलग्नलाई कार्बाही हुनुपर्ने बताइन् । उनले बाटो नामकरणको विषयलाई लिएर अध्यक्ष लिङदेनमाथि आक्रमण भएको पनि बताएकी छन् ।

‘कुनै पनि सरडकको नामकरण गर्दा व्यक्ति वा पार्टी विशेषको स्वार्थका लागि होइन, त्यस ठाउँको भौगोलिक पहिचान र भूगोल सुहाउँदो हुनुपर्छ भन्ने कुरामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सहमत छ’, सिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Views: 678

प्रतिक्रिया (०)

सम्बन्धित खबर