Aamsanchar

माई खोलामा आयो बाढी, नदी नियन्त्रण गर्न प्रहरी र स्थानिय सक्रिय

Author Image
शनिवार, असार १३, २०७७

बिर्तामोड ।  केहीदिन देखि सुरु भएको निरन्तर बर्षका कारण झापाका नदीहरुमा पानीको वहाव बढेको छ ।

दुईदिन देखि अविरल परेको पानी शनिबार रोकिएको छ । पूर्वको पहाडी क्षेत्रमा विभिन्न स्थानमा बर्षा भईरहेको जल तथा मौसम विभाग पूर्वअनुमान शाखाले बताएको छ ।
पहाडमा निरन्तर परेको पानीका कारण झापाका नदीका बगरहरु छोपिन थालेका छन । नदीले खेती योग्य जमिन कटान गर्न थालेको छ ।

झापामा हरेक बर्ष नदीले सयौं बिघाह जमिनमा क्षती पुर्याउदै आएको छ, त्यसमा कनकाई नदीले गर्ने क्षती धेरै हुनेगरेको छ । कनकाई नदिमा यतीवेला बाढी आएको छ । बाढी संगैको उर्लदो भेलले झापा जिल्लाको झापा गाउँपालिका वडा नं.७ टप्पु टोल र जनता टोलमा रहेको २२५० मिटर लामो जनताको तटबन्धनमा क्षती पुर्यााएको छ ।

त्यो तटबन्दन फुटने हो भने टप्पुका सम्पूर्ण क्षेत्र डुवान र कटानमा पर्ने छ । तटबन्दनको संरक्षण गर्न स्थानिय जनप्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीको सहभागितामा मर्मत सम्भार भईरहेको छ । उक्त तटबन्धनमा माईखोलालाई आफ्नै धारमा बगाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर