Aamsanchar

साउन १ गतेबाट झापामा पिसिआर ल्याव सञ्चालनमा आउने

Author Image
शनिवार, असार १३, २०७७

चारपाने । नेपालमा  २ लाख १० हजार ८ सय ७६ जनाको कोरोना परिक्षण भईसकेको छ।  हालसम्म संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । त्यसैगरी २८ जनाको मृत्यु भईसकेको भने निको भएको घर फर्कनेको संख्या २ हजार ८ आठसय ३४ पुगेको छ ।

पछिल्लो समयमा लकडाउन खुकुलो भएको छ, खुकुलो लकडाउनका कारण कोरोना भाईरस समुदायमा फैलनसक्ने खतरा उच्च रहेको विज्ञहरुले धारणा व्यक्त गरिरहेका छन । यता क्वारिन्टाईनमा रहेका हरुको पिसिआर टेष्ट र समयमा रिर्पोट आउन सकिरहेको छैन । क्वारिन्टाईन बस्नु पर्ने दिन विश्व स्वास्थ्य संगठनको मापदण्डमा १४ दिन रहेको छ रिर्पोट पर्खेर बस्नुपर्ने हुँदा २४ दिन सम्म क्वारिन्टाईनमै विताउनु पर्ने बाध्यतामा नागरिकहरु रहनु परेको गुनासाहरु बाहिर आईरहेको छ ।
अझ विदेशबाट आउनेको संख्या दिन प्रतिदिन बढदै गएको छ । आउनेहरुको तत्काल पिसिआर टेष्ट गर्ने मेशिन पर्याप्त छैन उनिहरुलाई पनि सामुदायिक वा होम क्वारिन्टाईनमा राख्ने काम सरकारले गर्दै आएको छ । आवस्यक मेशिनको अभावले कोरोना नियन्त्रण व्यवस्थापनमा सरकारलाई चुनौती थपिदै गएको छ भन्दा फरक पर्दैन ।

स्वास्थ्य जस्तो सम्वेदनशिल बिषय त्यसमा पनि महामारीबाट बच्न र बचाउन सरकारमात्र जिम्मेवार भएर मात्र हुदैन । रोग संगको लडाईमा नागरिकहरु पनि आफ्नो ठाउँबाट सरकार संगै हातोमालो गरेर अघिबढनु पर्ने आवस्यकता रहेको छ । त्यस्तै एक व्यक्तीलाई एक  व्यक्तीले सहयोग गर्ने उदेश्यले सुरु गरेको एकका लागि एक अभियानले यो समय सम्म आईपुग्दा स्वास्थ्य परिक्षणकार्यलाई प्रार्थमिकता मा राखेको छ । जनस्तरबाट रकम जम्मा गरि झापाको कोटिहोमस्थित समर्पण भवनमा  पिसिआर ल्याब स्थापना गर्ने जमर्को गरिएको छ । आउदो साउन १ गतेबाट समर्पण भवनमा ल्याव सञ्चालनमा आउने अभियानले तयारी गरेको छ ।

शनिबार अभियानको बिर्तामोडमा प्राविधिकसहितको बैठकले ल्याब सञ्चालनको तयारी सुरु गर्ने निर्णय गरेको छ । त्यसका लागि पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
ल्याब स्थापना हुने समर्पण भवनको प्राविधिक टोलीले निरीक्षण गरी संरचना निर्माणको कामसमेत सुरु गरिएको छ । अन्नपूर्ण न्युरो अस्पताल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीले ल्याबका लागि आवश्यक पर्ने मापदण्ड र प्राविधिक पक्षबारे रायसुझाव दिएका थिए ।
यसअघि स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बाचा गरेका थिए । अभियानमार्फत झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबीच मन्त्री घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमिति दिए ।

मन्त्री घिमिरेले अभियानले हालसम्म गरेको कामको प्रशंसा गर्दै चाँडाभन्दा चाँडो पिसिआर मेसिन खरिद गर्न अभियान टोलीलाई आग्रह गरेका थिए । मन्त्री घिमिरेले झापाको केन्द्रविन्दु भएकाले कोटिहोम क्षेत्र उपयुक्त भएको बताएका थिए । उनले छलफलपछि भवनको निरीक्षण गरेका थिए । उनले ल्याब सञ्चालनका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।
समर्पण भवनमा ल्याब स्थापना र सञ्चालन गर्ने यसअघि नै अभियानको बैठकले निर्णय गरेको थियो । त्यसमा झापामा राजनीतिक दलका प्रमुखहरुले सहमति जनाएका थिए भने मन्त्रीसँगको छलफलमा पनि उनीहरुको एक स्वर रहेको थियो ।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ल्याब स्थापनापछि सञ्चालनमा नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी लिने बताइसकेका छन् । उनले त्यसका लागि नगरले २५ लाख रुपैयाँ विनियोजन गरेको र थप आइपरे तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
ल्याब स्थापनाका लागि अभियानले ८५ लाख रुपैयाँ संकलन गरिसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् ।

कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ । प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)