दुधे। झापाको शिवसताक्षीमा तीन दिवसीय व्यक्तित्व,नेतृत्व तथा क्षमता विकास तालिम आजबाट सुरु गरेको छ।
सतासीधाम जेसीजको आयोजनामा आयोजित तालिमको उद्घाटन शिवसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपालले गरेकी छिन।
नगर क्षेत्रमा भएका नगरिकहरुको नेतृत्व तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको सतासीधाम जेसीज २०२०का अध्यक्ष कुमार सिंह सावाँले जानकारी दिए। विश्व भरी नै महामारीका रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास भएको बेला पनि सामाजिक दुरि कायम गर्दै सेनिटाइजर, मास्क र अन्य स्वास्थ्य सामाग्रीको प्रयोग गरेर कार्यक्रम सुरु गरिएको अध्यक्ष सावाँले जानकारी दिएका छन ।
तालिममा रेडियो कार्यक्रम प्रस्तोता डिल्लीराम घोर्साइ, मनोपरामर्षदाता प्रतिमा खतिवडा, र भिमप्रसाद भट्टराईले सहजीकरण गर्ने बताइएको छ।
कार्यक्रमको औंचित्यमाथी प्रकास अशोक बस्नेतले पारेका थिए । कार्यक्रममा सताक्षीधाम जेसिजका पुर्वअध्यक्ष महेन्द्र भट्टराई लगायतका पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो । सतासीधाम सामुदायिक सिकाइ केन्द्रमा भएको तालिममा नगरका ५५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।