Aamsanchar

सलह किराको भाउ बढदै बुधबारे जेसीजले रु ५० मा खरिद गर्ने

Author Image
सोमवार, असार १५, २०७७

बुद्धशान्ति । बुधबारे जेसीजले झापामा सलह किरा देखिए संकलन गरेर ल्याउने व्यक्तीबाट प्रति किलो ५० रुपैयाँका दरले खरिद गरिदिने भएको छ । किसानको बाली नष्टहुनबाट बचाउन जेसीजले अभियान स्वरुप किरा खरिद दिने अभियान सुरु गर्ने बताईएको छ ।

बुधबारे जेसीजको आज सम्पन्न बोर्ड बैठक तथा क्यालेन्डर बिमोचन कार्यक्रममा सो निर्णय भएको हो । सलह किरा नेपाल भित्रीसकेको अवस्थामा झापामा पनि त्यसबाट हुन सक्ने क्षतिबाट किसानलाई राहत मिलोस भन्ने उदेश्यले बुधबारे जेसीजले सो निर्णय गरेको बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले बताए ।

बैठकले झापामा संचालित एकका लागि एक अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । लकडाउनको समयमा बुधबारे जेसीजले एक दर्जनभन्दा बढी परोपकारी काम सम्पन्न गरिसकेको छ ।

क्यालेन्डर बिमोचन समेत गरिएको कार्यक्रममा नेपाल कृषिप्रधान देश भएको र सलह किराले किसानलाई ठूलो क्षति पुग्न सक्ने तर्फ सबै सम्बन्धित निकाय सचेत र सजग हुन जरुरी भएको निचोट निकालिएको थियो ।

एक दिन अघि प्रदेश ५ सरकारले सलह किरा मारेर ल्याउनेलाई किलोको २० रुपियाँ दिने घोषणा गरिसकेको छ ।

बुद्धशान्ति–२ का वार्ड अध्यक्ष दिलिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको क्यालेन्डर बिमोचन कार्यक्रम तिर्थ तिम्सिनाको संयोजकत्व र अध्यक्ष राईको सभापतित्वमा सप्पन्न गरिएको थियो ।

कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरू सेवन्त पोख्रेल र प्रकाश भण्डारी, कानुनी सल्लाहकार मुकेश भट्टराईको आतिथ्यता रहेको थियो । कार्यक्रम महासचिव दिपेन सिटौलाले संचालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर