Aamsanchar

स्वदेश फर्किने म र आम नेपालीको आशा

Author Image
सोमवार, असार १५, २०७७

म अहिले दुबईमा छु । मे महिनाको १८तालिखमा मेरो भिसा सकियो । भिसा सकिनु भन्दा एक महिना अगाडिनै काम बन्द भयो ।कोठामा बस्न थालेको दुई महिना कटिसक्यो ।घर फर्कन योजना बनाएको अहिले सपना जस्तो भएकोछ ।कोरोना भाइरस र लक डाउनले गर्दा फर्कन पाइरहेको छैन ।एयरपोर्ट खुलेको छैन ।स्वदेश फर्कन चाहाने युवा युवती धेरै छन् । यो बन्दा बन्दीले रोकिएको छ ।कति युवाहरु अलपत्र परेर बसेका छन् ।

एयरपोर्ट कहिले खुल्छ आशामा बसेका छन् । कहिले पुगिन्छ भन्न थालेका छन् । यहाँ बस्ने नेपालीहरु । के गर्ने कता जाने भनेर उनीहरुको मन विचलित हुन थालेको छ ।घर जान नपाएर उनीहरु भौतालिएका छन् ।यो कोरोना र लक डाउनले दुख दियो। रिस पनि पोखेका छन सरकार समक्ष ।कोठामा बस्न महिनौं बितिसक्यो । घर जाने पैसा पनि सकिदैछ ।आर्थिक स्थिति पनि नाजुक हुन पुगेको छ । भोकभोकै बस्नुपर्ने अवस्था पनि आउन न सक्ला भन्न सकिन्न ।

कति नेपालीहरु विपदको समयमा अड्केर बसेका छन् । घर कहिले पुगिन्छ । उनीहरुको मनमा निराशाको बादलले छोपेको छ । तेन्सन दिग्दारी मानसिक तनावको सिर्जना उत्पन्न भएको छ । मलाई पनि घर कहिले पुगिन्छ ।आशा पनि मर्न थालेको छ ।दिनानुदिन कोरोना भाइरसको संक्रमण बढेको बढ्यौ छ । लक डाउन पनि खोली हाल्ने अवस्था छैन ।घर पनि सुख र खुशीको साथ जान पाइएन ।सरकारको पहलमा हवाई सेवा छिटो भन्दा छिटो सुचारु गरेर उद्धार कार्य अगाडि बढाउन जरुरी देखिन्छ ।कतिको पैसा सकिएको छ।के खाने भनेर सोच्न थाली सकेका छ । सुरक्षित रूपमा घर फर्कन व्यवस्था मिलाउन आवस्यक छ ।

यहाँ बस्ने कयौं नेपालीहरु स्वदेश फर्किन नपाएर तड्पिएका छन् । कति त खानै न पाएर भोकभोकै हुनु परेको अवस्था छ । जागीर छुट्यो । पैसा छैन । घर कसरी जाने भनेर यहाँ बस्ने नेपालीहरु गुनासो गर्छन् । दिनानुदिन लक डाउन बढेको बढ्यै छ । खुल्ने अवस्था देखिदैन ।कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा छ । अबुधाबीमा रहेको नेपाली राजदुतावास छ । त्यहाँ गएर पहल गर्ने भन्छन् ।के गर्ने नगर्ने यहाँ बस्ने नेपालीहरु नै अलमल छन । दूतावासले केहि गर्छ कि भनेर आशा गरि रहन्छन् । । युएईमा रहेका प्राय धेरै नेपालीहरु घर फर्कन चाहेका छन् ।

यो कुरामा पनि सरकारको ध्यान जान जरुरी छ । युएईमा रहेको नेपालीहरु भन्छन् सरकार हामीलाई लिन प्लेन कहिले आउँछ भनेर सोधी रहेका छन् सरकारलाई । यहाँ बस्ने नेपालीहरु एउटै आशा छ । सुरक्षित तालिकाले घर पुगियोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर